देश विकासका लागि ८४ मा एमालेको एकल सरकार हुनुपर्ने : ओली

kp-oli-at-bhojpur

तातोखबर, भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि ८४ मा एमालेको एकल सरकार हुनुपर्ने बताएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए ।
उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे ।

उनलेले भने, ‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।’

Advertisement:kp-oli-at-bhojpur

अध्यक्ष ओलीले मिसन ८४ अभियान अन्तर्गत नै एमालेको मध्यपहाडी संकल्प यात्रा आयोजना भएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिए ।

नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको उनले दाबी गरे ।

उनले भने, ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन् । ’

एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको र विकासको काम अहिले ठप्प रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् :