भारतमा संसद चलिरहेका बेला हंगामा हुँदा संसद बैठक स्थगित

loksabha-meeting-india

तातोखबर / भारतको राजधानी नयाँ दिल्लीमा संसद चलिरहेका बेला एक व्यक्ति हामफालेपछि भारतको संसद बैठक स्थगित भएको छ।

संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक ग्यालरीबाट अपरिचित एकजना व्यक्ति सांसदहरु बसिरहेको स्थानमा हामफालेका थिए।

Advertisement:loksabha-meeting-india

सांसदहरु बसेको ठाउँमा हाम्फालेर कुदेलगत्तै उनीहरुले जुत्तामा लुकाएर ल्याएको स्प्रे सल्काएर फालिदिएका थिए। यसबाट सभाहल धुवाँको मुस्लोले ढाकिएको थियो।

हंगामा मच्चाउने दुवै जनालाई सांसदहरुले नियन्त्रणमा लिएका छन्। हिउँदे अधिवेशनको समयमा लोकसभामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन्। घटनालगत्तै संसदको बैठक स्थगित भएको छ। यस घटनासँग सम्बन्धित एउटा भिडियोसमेत सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस् :