भ्यू टावरमा ६/७ अर्ब लगानी हुँदा आज अर्थतन्त्रमा समस्या आएको : अर्थमन्त्री महत

prakash-sharan-mahat-arthamantri

तातोखबर, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले विगतको सरकारले अनुत्पादक क्षेत्रमा अर्बौ रुपैयाँ लगानी हुँदा आज अर्थतन्त्रमा समस्या आएको बताएका छन् । अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिन आज आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
‘यस अवधिमा ६/७ अर्ब लागतका विल्डिङ र टावर बनेका छन् । अझै धेरै टावर छन्,’ डा. महतले भने, ‘यी आयोजना बन्दाबन्दै रड र सिमेन्ट बिक्री भए । कामदारले र इन्जिनियरले रोजगारी पाए । यस्तै, आर्थिक वृद्धिमा पनि केही प्रभाव देखियो होला ।’ तर, बनिसकेपछि ती आयोजनाबाट उत्पादकत्व नहुँदा समस्या भएको महतको भनाई छ ।

डा. महतले नेकपा एमाले नेतृत्वको सरकारको पालामा बनेका भ्यू टावर र भवनलाई इंगित गरेका हुन् । केपी शर्मा ओली सरकारको समयमा देशव्यापीरुपमा भ्यू टावरमा लगानी भएको थियो । चर्को आलोचना भएपछि ओलीले भ्यू टावरमा लगानी हुँदा रोजगारी सृजना हुनका साथै रड र सिमेन्टको खपतले अर्थतन्त्रमा सकरात्मक असर पारेको बताउँदै आएका थिए ।

Advertisement:prakash-sharan-mahat-arthamantri

प्रतिक्रिया दिनुहोस् :