केन्या जान सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने

काठमाडौं । सबै विदेशी आगन्तुकका निम्ति केन्याले जनवरीदेखि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जान चाहाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको छ ।
राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरेका हुन् । रुटोले आउँदो जनवरीदेखि सबै विदेशी नागरिक भिसाबिना नै देशमा प्रवेश गर्ने बताए । यस कदमले केन्याको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
केन्याली नेताले भिसामुक्त नीति लागु गर्न सरकारले देशमा आउने सबै यात्रीलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए । केन्याले यसअघि इन्डोनेसिया, सेनेगल र कंगोका नागरिकलाई भिसाबिनै प्रवेश दिएको थियो ।
राष्ट्रपति रुटोले २०२२ सेप्टेम्बरमा सत्ता सम्हालेपछि महाद्वीपको एकीकरण एजेन्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीका निम्ति भिसा उन्मूलन गर्न वकालत गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस