श्रृंखला खतिवडाको शिरोहियासँग लगनगाँठो

former-miss-nepal-khatiwoda

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँग आज विवाह बन्दनमा बाधिएकी हुन् ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चलेको थियो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भएका थिए । देश-विदेश घुम्नदेखि सामाजिक सञ्जालमा उनीहरुको मायालाई अभिव्यक्तसम्म गरे ।

Advertisement:former-miss-nepal-khatiwoda

तर केही समयअघि एक-अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्धमा ठिकठाक नरहेको चर्चा चलेको थियो । केही महिना अघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरेका थिए । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरेपछि, श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएर बाहिर आयो ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए ।

होटेल हायातमा वैवाहिक समारोह आयोजना गरिएको छ । विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् :