हेटौडामा ५० लाख बराबरको अबैध सुन सहित २ जना पक्राउ

हेटौडा / जिल्ला प्रहरी कार्यलय मकवानपुरले अबैध सुन सहित दुई जना पक्राउ गरेको छ । हेटौंडा  उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध सुनसहित २ जनालाई शुक्रबार बिहान पौने पाँच बजेको समयमा प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एबम् प्रहरी प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३९ का हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेको भण्डारीले बताए ।

सवारी साधन जाँच गर्ने क्रममा काठमाण्डौबाट बिरगंज तर्फ जादै गरेको ना ५ ख ६२१७ नंम्बरको र बागमती प्रदेश ०३–००१ ख १७२७ नंम्बरको यात्रु बाहक बसमा छुट्टा छुट्टै सवार गरी आएका देश भारत अमृतसार पंजाब बस्ने बर्ष ३४ को तर्सिम सिंहको साथबाट सुनको सिक्री २९ थान बेरिएको बाला एक थान र स–सना सुनका टुक्रा २ थान (२२ ग्राम ६ सय ४० मिलिग्राम) बरामद भएको  प्रबक्ता भण्डारीले बताए ।

Advertisement:

यस्तै धनुषा सबेला नगरपालिका वडा नंम्बर २ बस्ने बर्ष ३९ को हितेश कुमार शाहको साथबाट सुनको ब्रास्लेट ९ थान (४ सय ५० ग्राम तथा एक सय ७५ मिलिग्राम  गरी जम्मा ४ सय ८० ग्राम ०८३ मिलिग्राम बराबरको अबैध सुन बरामद भएको उनले बताए । बरामद भएका सुनको बजार मुल्य करिब पचास लाख रुपैयाँ रहेको भण्डारीले बताए । पक्राउ पर्ने तर्सिम सिंह र हितेश कुमार शाहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् :