हेटौंडाको मानबसेवा आश्रमको भवन आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन् गर्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानब सेवा आश्रमको भवन आज प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले उद्घाटन् गर्दै हुनुहुन्छ । बिभीन्न दातृ निकायहरुको सहयोगमा निर्माण भएको यस भवनको आज बिहान प्रचण्डले उद्घाटन् गर्ने कार्यक्रम रहेको छ ।

हेटौँडामा निर्माण भएको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकारशरण महत लगायत नेपाल सरकारका मन्त्रीहरु, बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी र आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगीहरुको उपस्थिती रहने कार्यक्रम तय भएको आश्रमले जनाएको छ ।

Advertisement:

सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाका आफ्नै भवन अपरिहार्य भएको निष्कर्ष सहित २०७१ माघ ३ हेटौंडा ९ लामसुरेधापमा संस्थाको भवननिर्माण कार्यको सुभारम्भ गरेको थियो । हजारौं मनकारी व्यक्तिहरुको हृदय देखिको सहयोगमा ठडिएको मानवियताको मन्दिरमा महिला, पुरुष, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई छुट्टाछुट्टै राखेर सेवा गर्न सकिने गरी भनवसहित अन्य सानाठुला संरचना निर्माण भएको छ । लामो सङघर्षपछि निर्माण भएको मानवियताको आश्रम उद्घाटन हुन गईरहेको हो ।

प्रतिक्रिया दिनुहोस् :