मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्य लुइँटेलको मृत्यु

भरतपुर – चितवनको माडी नगरपालिका–१ स्थित गर्दिमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु भएको छ । शनिवार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडा सदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो ।

बा.प्र ०३०४ प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

Advertisement:

उनका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् :