थापाथलीमा एक जना पुरुषको शव भेटियो

काठमाडौँ – काठमाडौंमा एक जना पुरुषको शव फेला परेको छ । थापाथली चोकको सडक पेटीमा आज बिहान ६ बजे शव फेला परेको हो ।

थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०/४० वर्षका पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Advertisement:

मृत भेटिएका व्यक्तिको पहिचान हुन नसकेको उनले बताए । त्यस क्षेत्रमा सोधपुछका क्रममा उनी मागी हिँड्ने व्यक्ति भएको खुलेको छ ।

उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :