यू-१९ एशिया कप : यूएईलाई हराउँदै बङ्गलादेश बन्यो च्याम्पियन

uae-VS-ban

तातोखबर: १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि बंगलादेशको पोल्टामा गएको छ । बंगलादेश यस प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो।

बंगलादेशले घरेलु टोली यूएईलाई १९५ रनले सजिलै पराजित गर्दै यू-१९ एशिया कप विजेता बनेको हो। २८३ रनको विजयी लक्ष्य पछ्याएको यूएई २४ ओभर ५ बलमात्र खेलेर ८७ रनमै अल आउट भएपछि बंगलादेश यू-१९ एशिया कप विजेता बनेको हो।

Advertisement:uae-VS-ban

टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको घरेलु टोली यूएईले कुनै उल्लेखनिय प्रदर्शन गर्न सकेन । दोस्रो ब्याटिङ गरेको घरेलु टोलीका लागि अक्षत राय र ध्रुव पराशरबाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

अक्षतले २२ बल खेलेर ११ रन बनाए भने ध्रुवले अविजित रहँदै २५ रन बनाए उक्त रन नै यूएईका लागि बनाएको व्यक्तिगत सर्वाधिक रन रह्यो। उनले ४० बल खेलेर २ चौका हान्दै २५ रन बनाएक थिए ।

बंगलादेशका लागि मरुफ मृधा र रोहन दुल्ला बोर्सनले ३/३ विकेट‚ इकबाल हुसेन र शेख परवेज जिबोनले २/२ विकेट लिएका थिए ।

दुबई अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर घरेलु टोलीले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनायो।

बंगलादेशका लागि आशिकुर रहमान शिब्लीले शतकीय पारी खेल्दै सर्वाधिक १२९ रनको योगदान गरे। चौधरी मोहम्मद रिजवानले ६० तथा अरिफुल इस्लामले ५० रनको योगदान गरे। कप्तान महफुजुर रहमान रब्बीले २१ रन जोड्न सफल भए ।

सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै यूएई फाइनलमा पुगेको हो भने बंगलादेश भारतलाई हराउँदै फाइनलमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस् :