त्रिविमा ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित: वर्ल्ड रेकर्ड बन्न सक्ने

tribhuwan-university

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। दशरथ रङ्गशालामा हुने समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गरिँदैछ ।

त्रिविले पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरिसकेको छ। त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई अहिले ८ देखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरिसक्न भनेको छ।

Advertisement:tribhuwan-university

त्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिएको छ ।

त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरूले सोमबार हुने दीक्षान्त समारोहमा उपस्थित हुने त्रिविले जनाएको छ ।

त्रिविले विद्यार्थी आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न अनुरोध गरेको छ। समारोहमा २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्।

प्रतिक्रिया दिनुहोस् :