पुस ५ गतेदेखी १६ गतेसम्म हुने १९ औं लेखनाथ महोत्सवको तयारी पुरा

lekhnath-festival

तातोखबर, कास्की: महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुलनाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव  मिती नजिकिंदै गर्दा यस क्षेत्रका विभिन्न आमा/महिला समुहहरु, विभिन्न भाषाभाषी र जातजातीहरु आफ्नो मौलीक संस्कार र संस्कृतिको प्रर्दशनको तयारीमा जुटेका छन भने साना देखी ठुला व्यवसायीहरु व्यापार व्यवसायको प्रर्वद्धन एवं उत्पादन विक्रि-वितरणका लागी जुटेका छन् ।

Advertisement:lekhnath-festival

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिकएवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँआयामहरुको जगेर्ना, नयाँप्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्यपर्यटक प्रवद्र्धनमा टेवापुग्ने संघका अध्यक्षएवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपालपर्यटन वोर्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :