हेटौंडामा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.९ गुम्बाचोकमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा पदैलयात्री हाल नामथर वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरुष ब्यक्ती र मोटरसाइकल चालक बारा कोल्बी नगरपालिका– ११ बस्ने अन्दाजी ५० बर्षीय नागेन्द्र चौधरी रहेका छन् ।

Advertisement:

रातोमाटेतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ प ४४७६ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर मंगलबार राती ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुबै जनाको हेटौंडा अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :