राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना: ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं – रुकुमपश्चिममा भूकम्पपीडितका लागि राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।

आठबीसकोट नगरपालिका वडा नं ८ स्थित कोट च्यारीगाउँ खोला नजिकै घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको रूकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए।

Advertisement:

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका – १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, सोही वडाको भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट – ८ सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्की रहेका छन् । उनीहरूको शव नगर अस्पताल आठबिसकोटमा राखिएको छ।

घाइतेहरूमा आठबिसकोट – ८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट – १० का ३८ वर्षीय रमेश कार्की, आठबिसकोट – ८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगबिर सार्की, ३६ वर्षीय जयबहादुर सार्की, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन् ।

उनीहरुको नगर अस्पतालमा उपचार भइ रहेको प्रहरीले छ । घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको तथा एकजनाको अवस्था गम्भीर रहेको डिएसपी भट्टराइले जानकारी दिए।

आठबिसकोट – १० को तिरीकोटको भित्री सडक खण्ड अन्तर्गत नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो। ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तलको मोडमा खसेको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस् :