मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–८ साततलेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४२ बर्षीय अमर पाख्रिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार साँझ बगरचोकबाट साततले तर्फ फर्कने क्रममा बागमती प्रदेश ०३ ००२ प ३२६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पाख्रिन गम्भीर घाइते भएका थिए ।

Advertisement:

उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा चिकित्सकले बिहीबार राती मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।शव हेटौंडा अस्पतालमाको शव गृहमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :