राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर जाँदै

ramchandra-paudel-tato-khabar-tatokhabar-tattatokhabar

तातोखबर, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आज विराटनगर जाने भएका छन् ।

राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्ने छन् ।

Advertisement:ramchandra-paudel-tato-khabar-tatokhabar-tattatokhabar

उनले विराटनगरस्थित  होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् :