एक हप्तादेखि बेपत्ता व्यक्ति मृत फेला

काठमाडौं – एक हप्तादेखि बेपत्ता गुल्मीका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

चुँदाराको शव अर्जुनडाँडाको जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । गत मङ्सिर १ मा घरबाट हिँडेका चुँदाराको खोजी गरिदिन घरपरिवारले प्रहरी र स्थानीयलाई आग्रह गरेका थिए ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :