मनहरीमा हात्तीको आक्रमणबाट कान्छीमाया घाइते

तातोखबर, हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित बिजौनामा गएराति जंगली हात्तीको आक्रमणबाट ५१ वर्षिय कान्छीमाया तामाङ गम्भीर घाइते भएकी छन् । गए राति करिब पौने १२ बजेको समयमा घरबाट बाहिर निस्किँदा जंगली हात्तीले आक्रमण गर्दा कान्छीमायाको ढाडमा चोट लागी भहोस् हुँदा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ ।

हात्ती घटना स्थल नजिकै रहेकोमा स्थानीय, पर्सा राष्ट्रिय निकुन्ज सुरक्षा पोष्ट बाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोष्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरीको टोलीले जंगलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रातको समयमा घटना भएकाले हात्तीले अन्य के कति भौतिक क्षति गरेको भन्ने एकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :