शिवम सिमेन्टको साढे दुइ अर्ब बढी महसुल हुँदा पनि विद्युत् प्राधिकरणले लाईन काट्न सकेन

shivam-cement-hetauda-NEA-tatokhabar-tattatokhabar-bhagye-neupane

तातोखबर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका- १८ हटियामा रहेको शिवम सिमेन्ट उद्योगले नेपाल विद्युत्  प्राधिकरण हेटौंडालाई बिध्युत महसुल वापतको २ अर्ब ७३ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । उक्त रकम धेरै अघि देखि तिर्न बाँकी रकम हो ।  तर, नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने ४ उद्योगको लाइन काट्दा पनि शिवम सिमेन्ट उद्योगको लाइन काट्न नसकेको हो।

प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, रिलायन्स सिमेन्टले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ । प्राधिकरणले बिल भुक्तानी गर्न पटक पटक ताकेता गरेपनि नतिरेपछि ती उद्योगको लाइन काटेको प्राधिकरणले जनाएको बताएको छ ।

Advertisement:shivam-cement-hetauda-NEA-tatokhabar-tattatokhabar-bhagye-neupane

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  गत बिहीबार ऊर्जा र सञ्चार मन्त्रालयको प्रगति समीक्षा बैठकमा ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन निर्देशन दिएका थिए । यससँगै प्राधिकरणले सुरुमा चार उद्योगमाथि कारबाही प्रक्रिया आघि बढाइएको बताएको छ । ऊर्जा मन्त्रालयका अनुसार ३० वटा कम्पनीले गत असार मसान्तसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

शिवम सिमेन्ट उद्योगले पनि प्राधिकरण हेटौंडा वितरण केन्द्रबाट डेडिकेटेड लाइन जोडेको समयको रकम तिर्न बाँकी रहेको छ । यो रकम नतिर्नको लागि शिवम सिमेन्ट उद्योगले अदालतमा मुद्धा हालेर २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढि रकम प्राधिकरणलाई नबुझाइकन बसेको छ ।

उस्तै प्रकृतिका सिमेन्ट उद्योगको लाइन काटिदा हेटौंडाको शिवम सिमेन्ट उद्योगको लाइन नकाटिएको हो । शिवम सिमेन्ट उद्योगले उच्च अदालत हेटौंडाको इजलासमा डेडिकेटेड लाइन प्रयोग गरेको रकम प्राधिकरणले माग गरेपछी मुद्धा दायर गरेर अन्तिरिम आदेश लिएकाले उक्त उद्योगको लाइन काट्नका लागि समस्या भएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ । अदालतले अन्तिम फैसला नदिएसम्म उक्त रकम उठाउनका लागि समस्या रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :