छोरा संगै आमाले गरिन आत्महत्या

तातोखबर, प्युठान : प्युठानको झिमरुक गाउँपालिका-३  पिपल रूख भन्ने स्थानमा दुईजना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय कर्णबहादुर खड्काका कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका छोरा २१ वर्षीय छोरा रोहित खड्का आज बिहान ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर हुमानन्द खनालले जानकारी दिएका छन् ।

Advertisement:

उनीहरू  घरबाट दुईसय मिटर पर रहेकाे  काफलको बोटमा झुन्डिएको अवस्थामा फेला परेको खनालको भनाइ छ । उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् :