सिर्जनशील समाज सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा, ९ पौष / मकवानपुरगढी गाउँपालिका वडा नं. ४ मा सञ्चालनरत सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाले एक समारोह समेत आयोजना गरी १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमूख आतिथ्यतामा मकवानपुरगढी गाउँपालिका वडा नं. ४ मा रहेको शहिद रुद्र बाटिकाको सभा हलमा आयोजना गरिएको साधारण सभाको उद्घाटन समारोहबाट संस्थाले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन पुष्टि गर्दै २०८०/०८१ का लागि नयाँ नीति तथा कार्यक्रमहरु समेत प्रस्ताव गरी पारित गरेको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीको सभापतित्वमा आयोजित उक्त साधारण सभाको उद्घाटन समारोहलाई प्रमूख अतिथि बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले सम्बोधन गर्दै संस्थाको प्रगति तथा भावी योजनाहरु प्रशंसनीय रहेको बताए ।  

Advertisement:

त्यसैगरी समारोहका विशिष्ठ अतिथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी परियार पाखि«नले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्दै गाउँपालिकाले निर्देशन गरेबमोजिम सहकारी संस्थाहरु सञ्चालन हुनु जरुरी रहेको धारणा ब्यक्त गरिन् । उपाध्यक्ष पाखि«नले भनिन्, ‘हामी गाउँपालिकाभित्र रहेका सहकारीहरुलाई उत्पादन गर्न आवश्यक सहयोग गर्छौ र बजारीकरणका लागि पनि सहकारीकै भूमिकाको अपेक्षा गरिरहेका छौं । गाउँपालिकाभित्रका सहकारीहरुले यहाँ उत्पादित वस्तुहरुको बजार नजिकको नगर क्षेत्रमा सञ्चालन गर्ने हो भने यसका लागि आवश्यक न्युनतम बजेट व्यवस्थापनको समेत बचनबद्ध गर्दछौं ।’

त्यसैगरी कार्यक्रममा अतिथिका रुपमा सहभागी रहेका मकवानपुरगढी वडा नं. ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य शङ्कर कालाखेती, श्रमिक साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष निर्मला लम्साल, संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष राजकुमार चौंलागाई, लगायतले सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संस्थाका सचिव सर्कलाल लोले सञ्चालन गरेको संस्थाको १७ औं वार्षिक साधारण सभामा कोषाध्यक्ष चुडाबहादुर बञ्जाराले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विधामा संस्थालाई योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :