पालुङ जेसीजको सात पदमा आठको उम्मेदवारी

 

थाहानगर,१० पौष/पालुङ जेसीज बर्ष २०२४ को लागि उम्मेदवारी दिने समय सकिएको छ ।

Advertisement:

निर्वाचन आयुक्त जयराम खत्रीको अनुसार १ अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि २ जनाको र ४ उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदका लागि निरज रायमाझी र माधब कार्कीको उम्मेदवारी परेको छ ।

रायमाझी बर्तमान कार्यसमितिको कानुनी सल्लाहकार र कार्की कोषाध्यक्ष पदको जिम्मेवारीमा छन् ।

कार्यकारिणी उपाध्यक्ष पदको लागि नारायण तामाङ र मान सिं दोङको र उपाध्यक्ष पदको लागि स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपालीको उम्मेदवारी परेको निर्वाचन आयुक्त खत्रीले बताए ।

निर्वाचन आयुक्तको कार्यलयले प्रकाशन गरेको सूचना अनुसार उम्मेदवारी फिर्ताको समय पौष ११ गते बिहान ९:०० बजेसम्म रहेको र उम्मेदवारको अन्तिम नामावली सोहिदिन बिहान १०:०० बजे प्रकाशन हुने महासचिव सन्जय गोपालीले बताए ।

साथै पौष ११ गते ११:०० बजेदेखि उम्मेदवार तालिम र पौष १२ गते १:०० बजेदेखि उम्मेदवारहरुको अन्तरवार्ता कार्यक्रम रहेको छ ।

पौष १३ गते ककस पछि निर्वाचनको कार्यक्रम रहेको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :