देशका केही उच्च भूभागमा हिमपात हुन सक्ने

काठमाडौं, ११ पौष / नेपालका हिमाली तथा उच्च पहाडी भूभागहरुमा आज हिमपात हुन सक्ने सम्भावना रहेको अनुमान गरिएको छ । जल तथा मौषम विज्ञान विभागले कोशी, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमामा सामान्य हिमपातको सम्भावना रहेको अनुमान गरेको हो ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने अन्य भू–भागमा मौसम सफला नै रहने बताईएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :