भविष्यमा आउनसक्ने महामारीका लागि तयारी आावश्यक: डब्लूएचओ
तातोखबर: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भविष्यमा आउनसक्ने महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताएका छन् ।
मंगलबार आफ्नो सन्देशमा महानिर्देशक गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए ।
मंगलबार डब्लूएचओको ७५औँ वर्ष समापन गर्दै उनले आपतकालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्न विश्वको तयारी कम नै रहेको बताए। ‘तर राष्ट्रहरूले महामारीको खतरामा पहिलोपटक वैश्विक सम्झौतामाथि छलफल गरिरहेकाले सन् २०२४ ले यी रिक्तता हटाउने अनौठो अवसर प्रदान गर्दछ’ उनले भने, ‘विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नमहामारी सम्झौताको डिजाइन गरिएको छ ।’
गेब्रेयससले गाजापट्टीका लागि राहत प्रयास तीव्र पार्न आह्वान गर्दै महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमी हटाउन ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे ।
उनले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड-१९ अन्त्य घोषणा गरेका थिए । ‘तीन वर्षको सङ्कट, पीडा र जतातजै मानिसहरूको क्षतिपछि यो संसारका लागि एउटा महत्त्वपूर्ण मोड हो, जनजीवन सामान्य भएको देखेर मलाई खुशी लागेको छ’, उनले भने । गेब्रेयससले १० महिनापछि डब्लूएचओले सन् २०२३ मेमा एमपक्समा पनि यस्तै आपत्काल हटाएको बताए ।
यो वर्ष डब्लूएचओले मलेरिया, डेङ्गु र मेनिनजाइटिसका लागि नयाँ खोपहरू स्वीकृत गरेको छ । यसैबीच अजरबैजान, बेलिज र ताजिकिस्तानलाई मलेरिया मुक्त घोषणा गरिएको छ ।
जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप-२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताए। ‘यद्यपि सन् २०२३ पनि स्वास्थ्यका लागि अत्यधिक र बच्न सकिने पीडा तथा खतराहरूको वर्ष रह्यो’, उनले भने।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु