साम्पाङले कार्यकक्षमा हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, राखे किराती राजा यलम्बरको तस्विर

Harka_Sampang_rai-mayar-dharan-sub-metropolitioncity-किराती-राजा-यलम्बर

तातोखबर, काठमाडौँ : धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उपमहानगरका उपप्रमुख अइन्द्र विक्रम बेघाले तस्वीर हटाएर यलम्बरको तस्वीर राखेको जानकारी पाएको बताए ।

​हर्क साम्पाङले बुधवार ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु, जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ‚ त्यो दिन पुन: उनीहरूको फोटो टाँस्नेछु, जय देश’ भन्दै फेसबुकमा स्ट्याटस लेखेर हालेका थिए । यसकाे कतै चर्काे विराेध भइरहेकाे छ त कतै उनको समर्थहरुले उनको कदम लाई साथ दिएका छन् ।

Advertisement:Harka_Sampang_rai-mayar-dharan-sub-metropolitioncity-किराती-राजा-यलम्बर

आधिकारिक जानकारी भने अझै नभएको उपमहानगरका उपप्रमुख बेघाले जानकारी दिए। उनका अनुसार उनको कार्यकक्षमा पत्रकारलगायत अन्यलाई छिर्न निषेध गरिएको छ ।

‘उहाँको कार्यकक्षमा नो इन्ट्री छ, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्वीर राखेको जानकारी आएको छ। उहाँले आधिकारिक रूपमा केही भन्नुभएको चाहिँ छैन’, उनले भने। अहिलेसम्म प्रमुख साम्पाङले जे जसरी फेसकुमा स्ट्याटस हाल्छन्‚ ​उपमहानगर पनि त्यसैअनुसार चल्दै आएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् :