हेटौंडामा बलात्कृत युवतीद्वारा आत्महत्या प्रयास,युवक पक्राउ

हेटौंडा– हेटौंडामा एक किशोरीले आफू बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको खुलेको छ । घरमा सुतिरहेको बेला एक युवकले घरमै बलात्कार गरेर धम्की दिए पछि ती किशोरीले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेको खुलेको छ ।

घटना गत पुस ६ गते बिहान ४ बजेको हो । बिहान ४ बजेको समयमा किशोरी सुतिरहेको बेला झ्यालबाट कोठामा छिरी युवकले जबरजस्ती करणी गरेको बताइएको छ ।जबर्जस्तीकरणी पछि युवकले यस घटनाबारे कसैलाई नभन्न धम्की दिएपछि सोही दिन ७ बजेको समयमा किशोरीले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् । विष सेवन गरेपछि उपचारको लागि हेटौंडा अस्पताल लगेकोमा थप उपचारका लागि हेटौंडा अस्पतालले भरतपुर पुरानो मेडिकल कलेज रिफर गरेको थियो ।

Advertisement:

उपचार पछि किशोरीलाई सोधपुछ गर्दा आफू माथि बलात्कार भएको जानकारी गराएपछि किशोरी सहित उनकी आमाले युवकको नाम किटान गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलमा जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीपश्चात प्रहरीले २५ वर्षीय रोशन लामा भोम्जनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकाले अन्य विषयमा बोल्न नमिल्ने बताउँदै प्रहरी नायब उपरीक्षक भण्डारीले जाहेरीको आधारमा युवक पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस् :