प्रो क्लब च्याम्पियनसिप टी-२० क्रिकेटमा आर्मी क्लब र पर्सा-११ बीच प्रतिस्पर्धा

cricket-stump-tatokhabar-sports-news-cricket-news

तातोखबर, काठमाडौँ: नेपाल प्रो क्लब च्याम्पियनसिप टी-२० क्रिकेटमा शुक्रबार सेमिफाइनलका खेल हुँदैछन् । नारायणी रंगशाला वीरगञ्जमा बिहान सवा ९ बजे शुरु हुने पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लब र पर्सा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।

आर्मी तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्दा पर्सा-११ ले चौथो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । आर्मीले प्रतियोगिताका सबै पाँच खेलमा जित निकालेको थियो भने पर्साले २ खेलमा जित निकालेको थियो ।

Advertisement:cricket-stump-tatokhabar-sports-news-cricket-news

शुक्रबार दिउँसो सवा १ बजे दोस्रो सेमिफाइनल खेल हुँदैछ। समूह चरणमा दोस्रो बनेको नेपाल पुलिस र तेस्रो स्थानमा रहन सफल भारतको वन्डर क्लब नोएडाबीच प्रतिस्पर्धा हुँदैछ ।

पुलिसले पाँचमध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोडेको छ भने नोएडाले २ खेल जितेर ४ अंक जोडेको छ। प्रतियोगितामा दुई खेलमा जित निकालेको एपीएफ भने नेट रनरेटको आधारमा पाँचौ स्थानमा रह्यो भने भारतको उत्तर प्रदेश क्लब-११ जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :