मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय सिरहाको छलफल बहिस्कार गर्ने

miter-byaj-pidit-siraha

तातोखबर, काठमाडौँ : सिरहाका मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिस्कार गर्ने निर्णय गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूमा अनुचित लेनदेन तथा मिटरब्याज सम्बन्धमा पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाइन्छ । तर प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भई पीडितको विपक्षमा देखिने गरेको भन्दै समितिले छलफल बहिस्कार गर्ने निर्णय गरेको संयोजक मनोज पासवानले जानकारी दिएका हुन् ।

Advertisement:miter-byaj-pidit-siraha

जिल्ला प्रशासन कार्यालयमा धाउँदा पनि समयमा न्याय नपाएको र आर्थिक अवस्था जर्जर भएर झन् पीडित हुने गरेको उनीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :