इपिएस परीक्षाको विषयलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमाथि आगजनी

तातोखबर, काठमाडौँ : दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने परीक्षा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत गरेका छन्।
बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा चढेर पार्टीको बैठकमा सहभागी हुन जाँदै गरेका मन्त्री ज्वालालाई निकालेर प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्णरूपमा ध्वस्त भएको बताइएको छ।
इपिएस कार्यालय ग्वार्कोमा प्रदर्शन गर्न पुगेको युवाहरूको समूहले प्रदर्शन गर्दा बालकुमारी क्षेत्रको सडक अवरुद्ध भएको छ ।
अहिले सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस