ईपीएस विरोध प्रदर्शन : गोली लागेपछि फेरी एक जना पाटन अस्पतालको आईसीयूमा

तातोखबर, काठमाडौँ : ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक कर्मचारीले तातोखबर लाई बताए ।
यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय युवकको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जाने विद्यार्थीहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले झन्डै दर्जन प्रदर्शनकारी लाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस