पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

king-gyanendra-shah-tatokhabar-tattatokhabar

तातोखबर, बुटवल: पूर्वराजा ज्ञानेन्द्र शाहले आज कपिलवस्तुको शिवराज नगरपालिका-३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा अनावरण गरेका छन् ।

ज्ञानेन्द्रले शिवराजन नगरपालिकाकाद्धारा २५ लाखको लागतमा निर्माण गरिएको सालिकको शनिबार अनावरण गरेका हुन् ।

Advertisement:king-gyanendra-shah-tatokhabar-tattatokhabar

राप्रपाबाट मेयरमा निर्वाचित अजय थापाले पृथ्वीनारायण शाहको सालिक निर्माण गरेका थिए । पूर्वराजा शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुर गन्ज लगायतका स्थानमा समेत स्वागत गरिएको छ ।

यसअघि पूर्वराज शाहले खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ गरेका थिए । पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए । पूर्वराजालाई रुपन्देहीको भैरहवामा पुस १९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ ।

prithivi-narayan-shah

प्रतिक्रिया दिनुहोस् :