हेटौंडा जेसिजको अध्यक्षमा विकेशलाल श्रेष्ठ निर्वाचित

हेटौंडा – जेसीआई हेटौंडा वर्ष २०२४ को अध्यक्षमा विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी अमृत बर्तौलालाई ५ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी श्रेष्ठले ८६ प्राप्त गरे भने पराजित बर्तौलाले ८१ मत प्राप्त गरे । विजयी श्रेष्ठ र पराजित बर्तौला दुवैजना वर्ष २०२३ को कार्यकारिणी उपाध्याक्ष थिए ।
कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने १ सय ३ मत र जीवन ढकालले ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

Advertisement:

उपाध्यक्षमा आशिष दाहाल १ सय ५३ मत, रमेश कार्कीले १ सय १८ मत, रमेश पराजुली १ सय २ मत र विश्वास पराजुली ८८ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस् :