संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दलकुमारी सुनुवारको निधन
तातोखबर, रामेछाप: संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दलकुमारी सुनुवारको निधन भएको छ ।
रामेछापको उमाकुण्ड गाँउपालिका-६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको आज दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिए। सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि हुन् ।
लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहनु भएकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो ।
सुनुवारको पार्थिव शरीर आइतबार १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले आज एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाई क्षति पुगेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु