राष्ट्रियसभा निर्वाचनमा हाल जारी गठबन्धनलाई निरन्तरता-काँग्रेस केन्द्रीय समितिको निर्णय

तातोखबर, काठमाडौँ: आगामी माघ ११ गते हुनगैरहेको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले नयाँ र प्राय अवसर नपाएका नेताहरूलाई उम्मेदवार बनाउने भएको छ । आज केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका छन् । उनले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई अवसर दिने निर्णय केन्द्रीय समितिले गरेको बताए ।
‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका तथा हालसम्म कुनै अवसर नपाएकाहरूबाट योग्य व्यक्तिलाई अवसर दिइनेछ’ उनले भने ।
त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा हाल जारी गठबन्धनलाई निरन्तर कायम राखेर अघि बढ्ने पनि निर्णय भएको उनले बताए । हाल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच केन्द्र र प्रदेश दुवैतिर गठबन्धन कायम रहेको छ ।
कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गरेको हो। बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो ।
राष्ट्रियसभाको रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँन गैरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस