‘राईनसकोट भर्टिकल रन’ नामक दौड प्रतियोगिता सम्पन्न

वेशीसहर, १५ पौष / इपिक हिमालय एडभेञ्चर ट्रेकद्वारा आयोजित ‘राईनसकोट भर्टिकल रन’ नामक दौड प्रतियोगिता आईतवार सम्पन्न भएको छ । राईनस्–दुधपोखरी ट्रेकिङ रुट प्रबद्र्धन गर्ने उद्देश्यले उक्त दौड प्रतियोगिता आयोजना गरिएको हो ।

आज आयोजित सो प्रतियोगितामा राईनस नगरपालिका वडा नं. ८ स्थित सर्वोदय सेवाआश्रमबाट दौड शुरु भई १७ सय ५० मि. उचाईमा रहेको राईनसकोटसम्म १० किलोमिटर दुरी तोकिएको थियो । पुरुष र महिला प्रतियोगी रहने प्रावधान सहित उक्त दुरी पार गर्नुपर्ने लक्ष्य रहेको आयोजक संस्था इपिक हिमालय एड्भेञ्चर ट्रेकका अध्यक्ष राम थापाले जानकारी दिएका छन् ।

Advertisement:

पुरुष र महिला गरी जम्मा ६२ खेलाडीको सहभागिता रहको उक्त प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई कार्यक्रमको समापनपश्चात नगदसहित प्रशंसापत्रले समेत सम्मान गरियो । आयोजक संस्था इपिक हिमालय एडभेञ्चर ट्रेकका अध्यक्ष राम थापाले दिएको जानकारीअनुसार प्रतियोगितामा प्रथम पुरस्कार बिजेता पुरुषतर्फ १ घण्टा १ मिनेट १९ सेकेण्डमा तोकिएको दुरी पार गरी राजन मेयोङ्वाले रु. ३५ हजार नगद हात पारेका छन् ।

त्यैगरी सो प्रतियोगितामा अर्जुन कुलुङ राई १ घण्टा १ मिनेट ३५ सेकेण्डमा तोकिएको दुरी पार गरी दोश्रो स्थान ओगटेर नगद पुरस्कार १५ हजार रुपैया जित्न सफल भए । अर्का प्रतियोगी करन रावल १ घण्टा २ मिनेट दौडिएर तेश्रो विजेता बन्दै नगद १० हजार रुपैया प्राप्त गर्न सफल भएका थिए ।

महिला प्रतियोगीतर्फ प्रीया राईले १ घण्टा १७ मिनेट दौडिएर प्रथम स्थान हासिल गरेकी थिईन् । त्यस्तै नीतु तामाङले १ घण्टा २७ मिनेट दौडिएर दोश्रो स्थान र पदमकुमारी सुनुवार १ घण्टा ३१ मिनेट दौडिएर तेश्रो विजेता बनेकी थिईन् ।
उक्त दौड प्रतियोगिताको उद्घाटन राईनस नगरपालिकाका अध्यक्ष खड्गबहादुर गुरुङले गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा ख्यातीप्राप्त धावक मीरा राईलगायतको उपस्थिति रहेको थियो ।

— राजकुमार गुरुङ

प्रतिक्रिया दिनुहोस् :