हेटौंडाको २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज

हेटौंडा । सर्वोच्च अदालतले हेटौंडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौंडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको हो ।

Advertisement:

अदालतले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौंडा बजार क्षेत्र अन्तर्गत राजमार्गको सडक विस्तारविरुद्धका तीन सय रिट निवेदन खारेज गरेको हो ।

रिट खारेज भएसँगै हेटौडाको मुख्य सडक विस्तार गर्न सडक डिभिजन कार्यालय हेटौंडालाई बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस् :