संक्रमणकालीन न्यायको विषय टुंग्याउन: राष्ट्रियसभामा निर्वाचनमा गठबन्धनबाट एमालेलाई सिट बाँडफाट

Prachanda-kp-oli

तातोखबर, काठमाडौँ : राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाटबारे सत्ता गठबन्धनले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग पनि छलफल गर्ने भएको छ । आज बिहन प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुको बैठक बसेको हो ।

बैठकले आज दिउँसो तीन बजे कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँग संयसक्त छलफल गर्ने र लगत्तै साँझ पाँच बजे एमालेसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

Advertisement:Prachanda-kp-oli

अहिले रिक्त हुने लागेको पार्टीगत सिट संख्यालाई यथावत् राख्दै एमालेका ९ सिटमा भागबन्डा गर्ने लगभग सहमति गठबन्धनमा भइसकेको छ ।

यद्यपि कसले कति सिट पाउने भन्नेबारे टुंगो लागेको छैन। १९ मध्ये नेपाली कांग्रेसलाई ९, माओवादीलाई ६, नेकपा एसलाई ३ र जसपालाई एक सिट दिने प्रारम्भिक प्रस्ताव आएको बताइएको छ। यद्यपि, अरू साना दलहरुले पनि एक-एक सिट पाउनुपर्ने अडान राखिरहेका छन् ।

साना दलहरुले पनि भाग खोजेपछि गठबन्धनमा सकस पर्न थालेको छ। सत्ता गठबन्धन मिलेरै निर्वाचनमा गए एमालेलाई चुनाव जित्न कठिन देखिन्छ ।

यही बीचमा प्रचण्ड-देउवाबिच बढ्न थालेको दरारले पनि माओवादी र कांग्रेस एमालेलाई आफ्नो पक्षमा पार्न खोजे सहज हुने मनस्थितिमा छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई शून्यमा जान दिनुभन्दा हालको गठबन्धनमै समेटेर जाने गरी गृहकार्य सुरु गरेको बताइएको छ ।

संक्रमणकालीन न्यायको विषय टुंग्याउनका लागि सहज होस् भनेर पनि एमालेलाई राष्ट्रियसभामा भाग दिने रणनीति प्रचण्डको छ । यद्यपि, एमाले भने गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरुलाई समेत आममाफी दिने बुँदामा मान्न नसकिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् :