भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ दिने

amrit-bahadur-rai-anudan

तातोखबर : भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ ।

बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशबीच भएको ऊर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो ।

Advertisement:amrit-bahadur-rai-anudan

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भारतीय अनुदानबारे जानकारी दिए । उनले दुई देशका ऊर्जा सचिवबीच भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए ।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ ।

त्यसैगरी काठमाडौँस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने सहमति पनि भएको जानकारी उनले दिए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १३२ किवा पावर क्षमताका तीन वटा प्रशारण लाइनको उद्घाटन भएको बताए ।

उनले भैरहवा, रक्सौल–परवानीपुरको सेकेण्ड सर्किट र कुसाहा–कटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतबीच ऊर्जा आदानप्रदानमा ठूलो सहयोग पुग्ने बताए ।

घिसिङले ट्रान्समिसन लाइनका सम्बन्धमा भोलि चितवनमा ऊर्जा सचिव तहको बैठक बस्ने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस् :