भेट्टियो डेविड वार्नरको हरियो टोपी

david-warner-lost-his-green-cap-tatokhabar-cricket-tato-khabar

तातोखबर: अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले आफ्नो हरियो टोपी भेट्टाएका छन् । रिटायरमेन्ट टेस्ट म्याचको बेलामा उनको ग्रीन ब्यागी क्याप हराएको थियो । क्याप भेट्टिएपछि वार्नर निकै खुसी छन् । आफूले राहत महसुस गरेको उनले बताएका छन् । सिड्नीमा म्याच खेल्न जाँदा खेरि आफ्नै अगाडिबाट कसैले क्याप चोरेको मंगलबार वार्नरले भनेका थिए ।

अहिले अस्ट्रेलिया र पाकिस्तान बिच टेस्ट म्याच चलिरहेको छ । यो खेलपछि वार्नर रिटायर हुनेछन् । वार्नरले टोपी हराउने बित्तिकै सामाजिक सञ्जालमा पोस्ट गरेर टोपी फिर्ता गर्न अनुरोध गरेका थिए । ‘जसले मेरो क्याप लिएको छ उ चाहन्छ भने मेरो ब्याकप्याक राख्न सक्छ । तर मेरो टोपी फिर्ता गरिदेऊ’ उनले भनेका थिए ।

Advertisement:david-warner-lost-his-green-cap-tatokhabar-cricket-tato-khabar

‘क्रिकेटरको लागि उसको क्याप अमूल्य हुन्छ । यो सबै क्रिकेटरलाई थाहा छ । अब मैले मेरो क्याप पाइसके । अब म यसलाई जिन्दगीभर खजाना जस्तैगरी सम्हालेर राख्नेछु,’ उनले सामाजिक संजाल मार्फत भनेका छन् । ‘क्याप भेटेपछि मैले निकै राहत महसुस गरिरहेको छु । यस्तो लागिरहेछ मेरो काँधबाट ठुलो बोझ हटेको छ ।’ उनी भन्छन् ।

अस्ट्रेलियामा टेस्ट क्रिकेटमा डेब्यू गर्ने खेलाडीलाई ग्रीन ब्यागी क्याप दिइन्छ । यो टोपी अस्ट्रेलियाको क्रिकेट टिमको प्रतीक हो । सन् २०२० मा अस्ट्रेलियाको जङ्गलमा लागेको आगो पछि राहत सङ्कलन अभियानमा सघाउन त्यहाँका दिग्गज अलराउन्डर शेन वर्नले आफ्नो क्याप १० लाख अस्ट्रेलियाली डलरमा लिलाम विक्री गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :