सर्लाहीमा प्रादेशिक अस्पतालको विषयमा झडप हुँदा एकजनाको मृत्यु

sarlahi-jhadap-tatokhabar-tato-khabar

तातोखबर, सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयलाई लिएर भएको झडपका क्रममा एकजनाको मृत्यु भएको छ ।

शव स्थानीयले घेरेर राखेकाले सो क्षेत्रमा थप प्रहरी बल पठाइएको स्थानीय प्रशासनले जनाएको छ । प्रादेशिक अस्पताल बनाउने विषयमा स्थानीयहरुको प्रदर्शन रहेको र सोही क्रममा भएको झडपमा ती व्यक्तिको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

Advertisement:sarlahi-jhadap-tatokhabar-tato-khabar

एक जनाको मृत्यु भएको जानकारी आएको तर पहिचान नभएको प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् :