सर्लाही घटना अपडेट: बरहथवा नगरपालिकामा कर्फ्यु आदेश जारी

sarlahi-jhadap-tatokhabar-tato-khabar

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाको बरहथवा नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

नगर क्षेत्रमा दिउँसो भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि तनाव बढेका कारण कर्फ्यु लगाइएको हो ।

Advertisement:sarlahi-jhadap-tatokhabar-tato-khabar

अस्पताल निर्माणको विषयमा भएको विवादमा ढुंगामुढा भएपछि झडप भएको थियो ।

आज शुक्रबार बेलुकी साढे ५ बजेदेखि भोलि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताएका छन् ।

उनका अनुसार बरहथवा नगरपालिकाको सीमाभित्र पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलमा कर्फ्यु लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :