लागु औषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं, २० पौष / ललितपुर महानगरपालिकामा सञ्चालनरत विकल्प फाउण्डेशन नेपाल नामक पुर्नस्थापन केन्द्रले आज लागु औषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम युनिभर्सल इञ्जिनियरिङ एण्ड साईन्स कलेजको सभाकक्षमा सम्पन्न गरिएको हो ।

‘लागु पदार्थमुक्त ललितपुर महानगरपालिका’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त जनचेतना मूलक कार्यक्रममा ललितपुर महानगरपालिकाको ११ नं. वडाको समेत सहकार्य रहेको थियो । सो जनचेतनामूलक कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमूख अतिथि बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले नेपाललाई स्वर्गको रुपमा हेर्न आम युवालाई आग्रह गरे । नेपालमा थुप्रै सम्भावना रहेकोले बाटो विराएर हराएका युवाहरुले अब आफ्नो सही बाटोमा फर्किएर देशको सेवा गर्दै आफ्नो उज्वल भविष्य आफ्नै देशमा खोज्न र अमेरिका जस्तो मुलुकलाई आफ्नो मुलुकका रुपमा नलिन समेत उनको जोड थियो ।

Advertisement:

त्यसैगरी कार्यक्रममा अन्य अतितिहरुले पनि मन्तव्य ब्यक्त गर्दै नेपालमा केहि सम्पन्न र प्रतिष्ठित परिवारका छोराछोरी लागु औषधको शिकार बन्न पुगेर परिवारले निकै ठूलो पीँडा भोग्न बाध्य बन्दै गएकाले लागु औषध सेवनलाई निरुत्साहन गर्ने कार्यक्रमहरुलाई अझ बढी प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अतिथिहरुले लागु औषध पीडित पुरुषहरुमा भन्दा महिलाहरुको उपचारमा समस्या देखिने गरेकोले मनोवैज्ञानिक रुपमा उनीहरुलाई लयमा फर्काउन समाजले समेत सहयोग पु¥याउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा लागू औषध सेवनबाट परिवार र समाजले व्यहोर्नु पर्ने क्षति र यसले निम्त्याउन सक्ने दुर्घटनालगायतका विषयमा निर्माण गरिएको बृत्तचित्रात्मक लघुचलत्रि प्रदर्शन गरिएको थियो भने विज्ञद्वारा तयार गरिएको कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विकल्प फाउण्डेशनले अगाडि बढाएको लागु औषधसम्बन्धी जनचेतनामूलक कार्यक्रममा हातेमालो गरिदि प्रबन्ध निर्देशक क्रिशेष बज्राचार्यले सम्बन्धित सबैमा आग्रह गरेका छन् । साथै कार्यक्रम ललितपुर महानगरपालिकाका सबै वडामा सञ्चालन गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस् :