हिमालयन रिइन्स्योरेन्सको कारोबार यही हप्ताबाट हुने

ipo-alart-share-market

तातोखबर, काठमाडौं / भर्खरै आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा आइसकेको छ तर अघिल्लो हप्ता भने दोस्रो बजारमा कारोबार भएन ।

कम्पनीले दिएको जानकारी अनुसार यही साताको पहिलो वा दोश्रो कारोबार दिनमा शेयरको सूचीकृत गर्ने गरी काम अगाडि बढेको छ । यो साता कम्पनीको कारोबार हुने पक्का पक्की छ ।

Advertisement:ipo-alart-share-market

अहिले कम्पनीले शेयर सूचीकृत सम्बन्धी बाँकी कामहरू गरिरहेको कम्पनीले बताएको छ ।

कतिमा होला पहिलो कारोबार ?

कम्पनीको अन्तिम अडिट रिपोर्ट हेरेर मूल्य तय गरिन्छ । यसरी हेर्दा रिइन्सुरेन्सको आर्थिक वर्ष २०७८/७९ को अडिटेड रिपोर्ट अनुसार यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । कम्पनीले यसैको ३ गुणा बढी सम्म ओपनिङ मूल्य पाउने छन् । १०३.७ देखि ३१०.१० सम्ममा पहिलो कारोबार हुने छ ।

कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ निस्कासन गरेको थियो । यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् :