सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाए

sandeep-lamichhane-8-year-jail

तातोखबर, काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको छ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

Advertisement:sandeep-lamichhane-8-year-jail

सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै  र जाहेरवालापक्षले अधिकतम सजाय माग गर्दै  आज इजलासमा बहस गरेका थिए । उनलाई ८ वर्ष कैद  र ३ लाख जरिवाना समेत सजाय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस् :