राष्ट्रिय सभा सदस्य निर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशन
तातोखबर, काठमाडौं / राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको नामावली प्रकाशन हुँनेछ। उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी आयोगले अपराह्न नामावली प्रकाशन गर्ने कार्यसूची छ।
आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी बिहीबार नामावली प्रकाशन गर्न लागिएको हो।
उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ।
निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन्। शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
पुस २८ गते शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान तय भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै