थाहा दिवस मनाईयो, तीन जना सम्मानित 

थाहा – थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको ९० औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिका बिकास घर परिसरमा रहेको विष्टको शालिकमा माल्यार्पण गरि थाहा दिवस मनाईएको छ ।

दिवसको अवसरमा थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्ट र उपप्रमुख भरत गोपालीले रुपचन्द्र बिष्टको शालिकमा माल्यार्पण गरेका थिए ।

Advertisement:

थाहा नगरपालिकामा वडा नम्वर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा र सामाजिक क्षेत्र योगदान पुर्याई जनकल्याण माबि पालुङबाट सेवा निबृत्त शिक्षक कृष्णबहादुर विष्टलाई तिर्थदास स्मृति सामाजिक सम्मान गरिएको थियो ।

त्यस्तै पत्रकारिता मार्फत थाहानगरको बिकासमा योगदान गरे बापत पत्रकारद्वय राजुकमार केसी र सुजन ढकाललाई थाहा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्ट थाहाको सामाजिक चेतनास्तर बिकास गर्ने महत्त्वपूर्ण ब्याक्तित्व भएको बताए ।

थाहा नगरपालिकाक्को रोजगार संयोजक कुमार नेगीले संचालन गर्नुभएको कार्यक्रममा फरक सोचका अभियन्ता यादवजंग रायमाझीले थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न फरक सोचले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको जन्म जयन्तिको अवसरमा हरेक बर्षको पौष २६ गते फरक सोचले विगत वर्षहरुदेखि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :