सोचेजस्तो अग्रमन ल्याउन नसकेको स्वीकारे राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले

काठमाडौं, २६ पौष / देशमा राजनीतिक अवरोधका कारण कानून निर्माण प्रकृयामा आउने अड्चनले देशमा सोचे जस्तो अग्रमन ल्याउन नसकिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले स्वीकार गरेका छन् । अध्यक्ष तिमल्सिनाले राजधानीमा आयोजित एक आमसञ्चार संस्थाको वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै कानून निर्माण तथा कार्यान्वयन प्रकृया अन्यौलमा रहने गरेको बताएका हुन् ।

अर्थतन्त्र डटकम अनलाईन पत्रिकाको सञ्चालक संस्था डेभलपमेन्ट मिडिया प्रोमोशन प्रा.लि. को ८ औ बार्षिकोत्सवको अवसरमा आयोजित समारोहका प्रमूख अतिथिका रुपमा सहभागी अध्यक्ष गणेश तिमल्सिनाले प्रतिनिधि सभाले पास गरेका विधेयक प्रमाणित गर्ने प्रकृयामा पुग्नै लाग्दा सरोकार राख्ने स्वार्थ समूहले पुन अर्को समस्या देखाएर विधेयकलाई कानूनका रुपमा आउन अवरोध सृजना गर्ने गरेकोले कतिपय कानून पारित हुन नसकेको बताए । उनले देशभित्रका अब सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

Advertisement:

पर्यटन बोर्डको सभाकक्षमा आयोजित उक्त कार्यक्रमका विशेष अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र उतार–चडाव आए पनि निराशा भएर काम गर्न छोड्न नहुने धारणा राखे । पूर्व अर्थमन्त्री पाण्डेले मान्छेमा अपेक्षा अनपेक्षित रुपमा बढेदै गएकोले अर्थतन्त्र डमाडोल जस्तो देखिएको भए पनि बाहिर हल्ला भए जस्तो अर्थतन्त्र नखस्किएको दावी गरे ।

त्यसैगरी अर्थतन्त्र डटकम अनलाईन पत्रिकाका सञ्चालक रामेश्वर कार्कीको सभापतित्वमा सञ्चालित अर्थतन्त्र डटकमको विशेषाङकहरु टुरिज्म इन्साईड र अर्थ तन्त्रको लोकार्पण समारोहमा राष्ट्र बैंकका पूर्व गभर्नर डा.दिपेन्द्रपुरुष ढकालले लोकार्पित अर्थतन्त्र डटकमको विशेष संस्करण पुस्तक ‘टुरिज्म इन्साईट’ र ‘अर्थतन्त्र’ नामक पुस्तकमा समावेश गरिएका विज्ञ लेखकहरुको पठनीय सामग्रीहरुको समीक्षा गरे । कार्यक्रममा सहभागी अन्य अतिथिहरुले पर्यटनको विकास मार्फत देशमा थुपै्र अवसर सृजना गर्न सकिने र विमोचित पुस्तकले पर्यटन विकासको विषयमा अर्थ राख्ने धारणा ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् :