नेपाल टेलिकमको विन्टर अफर
तातोखबर, काठमाडौँ / नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ ।
अफर अन्तर्गत ‘स्टे कनेक्टेड प्याक’ मा एक सय नौ रुपियाँमा पाँच दिनका लागि छ जिबी डेटा तथा एक सय ३९ रुपियाँमा छ जिबी डेटा र एक सय ७० रुपियाँमा टेलिकमकै नेटवर्कभित्रका लागि भ्वाइस सुविधा उपलब्ध हुने छ । त्यसै गरी दुई घण्टाको समयावधिका लागि पैँतिस रुपियाँमा अनलिमिटेड प्याक पनि कम्पनीले उपलब्ध गराएको छ । कम्पनीका अनुसार नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने एक जिबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै