हेटौँडामा आफ्नै भाइले दाइलाई पेट्रोल छर्केर आगो लगाए

तातोखबर, हेटौँडा / मकवानपुरको हेटौँडामा आफ्नै भाइले दाईलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

मादक पदार्थको सेवन गरि हेटौडा-४ चिल्ड्रेन पार्क गरदेईमा बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनका सहोदर भाइ २८ वर्षका रवि गिरीले पेट्रोल छर्की आगो लगाएका हुन ।

Advertisement:

आगोले जलेर गम्भीर घाइते भएका गिरीलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको तर हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो लगाउने भाइलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् :