पेट्रोल र डिजेलको मूल्य घट्यो: अब पेट्रोल १६३.५०मा
तातोखबर, काठमाडौं / नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यमा घटेर आएपछि निगमले नेपालमा पनि घटाएको छ ।
अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६३.५०, दोस्रो वर्गमा १६५, र तेस्रो वर्गमा १६६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायभ भएको छ ।